रंगेली — कांग्रेसको गढका रुपमा मानिएको मोरङको सुनवर्षी नगरपालिकामा एमालेले पहिलो पटक जित दर्ता गरेको छ । यहाँको नगर प्रमुखमा एमालेका श्याम राजवंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका छन ।
राजवंशीले ८६३९ मतले विजयी दर्ता गर्दा कांग्रेसका यज्ञ कार्कीले ६९५२ मत ल्याए ।
त्यसैगरी उपमेयरमा एमालेकी केवरतले ८३८३ मत ल्याउँदा कांग्रेसकी विमलादेवी केवरतले ७४२७ मत प्राप्त गरिन् ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले मेयर उपमेयरसहित वहुमत वडा जितेको थियो । मोरङको क्षेत्र नं २ मा पर्ने सुनवर्षी नगरपालिका क्षेत्र यसअघि कांग्रेसको आधार क्षेत्र मानिन्थ्यो ।
यस क्षेत्रबाट गिरिजाप्रसाद कोइराला र आमोदप्रसाद उपाध्ययाले २०४६ यताका निर्वाचन जितेका थिए । अहिले यो क्षेत्रबाट मिनेन्द्र रिजाल संघीय सांसद छन् । यो नगरमा टिकट वितरण गर्दा रिजालले राम्रा नभई आफना व्याक्ति छनोट गर्दा एमालेले इतिहास रचेको असन्तुष्ट कांग्रेसीहरुको गुनासो छ ।
प्रकाशित मिति: २०२२-०५-१८ , समय : १८:२१:३७ , ३ वर्ष अगाडि