एसियाली खेलकुद

रंगेलीमा पून मतगणना स्थगित भएको छ र प्रहरी प्रदर्शकारीबीच झडप

रंगेली न्यूज

रंगेली- माेरङकाे रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा रंगेली ७ काे मतपेटिका खोल्दा खसेकाे मत भन्दा १ सय ७ मत भेटिए पछि विभिन्न पाटिका कार्यकर्ता हरुले बिराेध गरेका छन। अहिले बडा हरुकाे मतगणना स्थगित भएको छ ।

रंगेलीको वडा नं ७ को २१३३ मतगणना भइसकेको थियो । गन्न बाँकी १२१६ थियो । तर ३२४२ मत खसेकोमा जम्मा मत ३३४९ मत भेटिएपछि सबै बडा काे मतगणना बन्द भएको हाे । उनीहरुले बिहन मतगणना स्थलकाे गेट अगाडि टायर बालेर बिराेध समेत गरेका छन भने नेपाल प्रहरी २ पुलिस कर्मी माथि ढुङ्गा प्रहार गरि घाइते बनाएका छन । निर्वाचन अधिकृत रामहरि काफ्ले का अनुसार बडा नम्बर ७ बाट १० बटा मतपेटिका आफू हरुले बुझिलिएकाे र मतगणना गरेर कम्पुटरमा सिट मिलाउ ने क्रममा १ सयकाे एक मुठ्ठा बडि कम्पुटरमा एन्ट्रि भएको भएको समेत बताए । उनलेे भने साे भन्दा पहिला गणना गरिएको मतपत्र पुन गन्ति गर्दा मतपत्र बडि नहुने समेत बताएका छन ।

दक्षिण पूर्वी मोरङको रंगेली नगरपालिका अन्तर्गतको वार्ड नंबर ७ को मतपेटिका खोलिदा खसेको मतपत्र भन्दा १०७ ओटा मतपत्र भेटेपछि अन्यदलका कार्यकर्ता हरूले बिरोध तथा सहमति जनयेपक्षि मतगणना स्तगित भएको छ।

यसअघि पनि रंगेली वार्ड नंबर ८ को मतपेटिकाको सिल तोडेको भन्दै २ दिन सम्म रंगेलिको मतगणनानै बन्द भएको थियो अज पुन वार्ड नंबर ७ को सो किसिमको मतपेटिका बाट १०७ बल्लेट पेपर निस्केपक्षि पुन स्थगित भएको छ ।

यसकीसिमको बेहवर बाट स्थानीय सर्वसाधारण कार्यकर्ता हरूमा निराश छाएको छ निर्वाचन कसैको पक्षमा गएपनि आफुहरूलाइ कुनै आपत्ति नरहने स्थानीय बासिन्दाले बताएं ।

प्रकाशित मिति: २०२२-०५-२० , समय : १७:५६:३८ , ३ वर्ष अगाडि