
रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ ।
त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख गरिएका सबै ठाउँलाई धार्मिक पर्यटनलाई जोड्न भारत सरकारले रामायण सर्किट तयार पारेको छ । रामायण सर्किटमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । ४ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा दुवै देशबीच रामायण सर्किट सम्झौता भएको थियो ।
रामायण सर्किट जोडन विशेष रेल यात्रा दिल्लीबाट सुरु भएको हो । जनकपुरमा पनि ब्रोडगेज रेल लिंक रहेकाले रामायण सर्किटको रेल सिधै जनकपुर आइपुगेको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने मधेस प्रदेशका पर्यटन मन्त्री सत्रुधन महतोले बताए ।
प्रकाशित मिति: २०२२-०६-२३ , समय : १४:३८:२१ , ३ वर्ष अगाडि