एसियाली खेलकुद

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

दैनिक २५ सय बढीले हेर्ने अपेक्षा

रंगेली संवाददाता

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।

विराटनगरस्थित सेन्टर मलमा सवैले देख्न सक्नेगरी एलइडी स्क्रीनमा ‘प्रोमोसन’ गरिएको हो । नयाँ रोटरी वर्ष २०२२–२३ क्लबले प्रवद्र्धनका साद्ध सुरु गरिएको अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

रोटरीको मार्गदर्शक सिद्धान्त सेन्टर मलमा राखिएको एलइडी स्क्रीनमा यो वर्षभरी प्रत्येक पाँच मिनेट पछि विहान ११ बजेदेखि राति ८ बजेसम्म प्रदर्शन हुनेछ ।

यसलाई दैनिक २ हजार पाँच सय बढी व्यक्तिहरुले हेर्ने अपेक्षा गरिएको छ । जसका कारण रोटरी क्लको छवी बढ्ने जनाइएको छ ।

 

प्रकाशित मिति: २०२२-०७-०५ , समय : १८:२७:३६ , २ वर्ष अगाडि