एसियाली खेलकुद

मानव वेचबिखन गर्दै आएका एक जना महिला पक्राऊ

छत्र राजवंशी

मानव वेचबिखन गर्दै आएका एक जना महिला पक्राऊ

रंगेली /रंगेली ३ साउन मङ्गलबार
जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका ५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१ मा कल्पना होटल एण्ड गेष्टहाउस संचालन गर्दै आएकी महरालाई पक्राउ गरिएको हो । महराले २२ वर्षीया युवतीलाई ललाइफकाइ अनैतिक कार्य गराई मानव बेचबिखन तथा ओसारपसार कार्य गरेको आरोपमा पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेकी उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १२:३२:०७ , ३ वर्ष अगाडि