रंगेली / श्रावण ३ काठमाडौं महानगरले थप ३ वटा दमकल खरिद गरेको छ। पुर्वमेयर विद्यासुन्दर शाक्यको पालामा भएको दमकल खरिद प्रक्रियाअन्तर्गत ३ दमकल महानगरमा आइपुगेको मेयर बालेन्द्र शाहले जानकारी दिए।
यस क्रममा महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ। उनले भने सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्। दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।
आफ्नै संरचनागत खराबीले गर्दा काठमाडौं आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता भएकाले सचेत र होसियार हुनुपर्ने उनको तर्क छ। ‘सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो। आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ। सावधान रहौँ र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ ।
प्रकाशित मिति: २०२२-०७-१९ , समय : १२:५०:३२ , २ वर्ष अगाडि