एसियाली खेलकुद

कोरोना संक्रमण बढ्दै भारतबाट आएका केही मानिस हरूमा भेटिए

छत्र राजवंशी

रंगेली / पछिल्लो समय भारतबाट नेपालगन्ज नाका हुँदै घर फर्किने नेपालीहरूमा कोरोना भाइरसको संक्रमण देखिन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार साउन महिनाको पहिलो साता एक सय जनाको परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएका व्यक्तिहरूलाई सीमा स्वास्थ्य परामर्श दिई घर पठाउने गरिएको छ । स्वास्थ्य कार्यालयले कोरोना भाइरसको संक्रमण देखिएयता सीमामा हेल्थ डेस्क राखेर परीक्षण गर्दै आएको छ ।
त्यस्तै, असारमा ३ हजार ६ सय जनाको परीक्षण गर्दा ६० जना र जेष्ठ महिनामा ३ हजार ८ सयको परीक्षण गर्दा ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

भारतबाट घर फर्किनेहरूमध्ये शंका लागेका दैनिक एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा संक्रमण देखिन थालेको छ,’ उनले भने,‘अस्पताल भर्ना गरिएको छैन । उनीहरूलाई स्वास्थ्य परामर्श दिएर घर फिर्ता पठाउने गरेका छौँ ।’
कोरोना भाइरस महामारी सुरु भएयता बाँकेमा १८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । ३६५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । एक लाख बढीको पीसीआर र डेढ लाखको एन्टीजोन परीक्षण गरिएको छ ।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : १६:२१:२४ , २ वर्ष अगाडि