एसियाली खेलकुद

रंगेली नगरपालिका वडा न: ९ मा गरीबी निवारण लघु उद्यमी र नगरपालिकाको सहयोग बाट २२ ओट गई वित्रण गरियो

छत्र राजवंशी

रंगेली नगरपालिकाले अतिविपन्न घरपरिवार लाई सबल उद्धमी बनाउने उदेश्यले २२ ओट गई बितरण बितरण गरेको छ । नगरपालिकाले विभिन्न समयमा कृषक हरु लाई सबल हुने अपेक्षा राख्दै विभिन्न कार्यक्रम हरु सन्चालन गर्दे आईरहेकाे छ । साेहि कार्यक्रम अन्तर्गत रंगेली नगरपालिका ९ स्थित दोवाना देखी दक्षिण बगान टोलमा कार्यक्रमकाे आयोजना गरिएको थियो ।

नगरपालिकाको सहयोग र उद्योग बाणिज्य मन्त्रालय अन्तर्गत गरीब निवारण लघु उद्यमी को आयोजनामा कार्यक्रम गरेका हुन । बर्षिक रुपमा ३८ हजार रुपैयाँ सम्म का आम्दानी हुने र आफ्नो आर्थिक अवस्था कमजोर भएका २२ परिवार लाई माउ गाई, र बाछी समेत बितरण गरेको हाे । कृषक हरु लाई गाई छनाेटमा बिबाद नहाेस भनेर सहभागी हरु काे सुझावका अनुसार गाईकाे जिउमा नम्बर लेखर टाँस गरिए पछि साेहि वमाेजिम गाेला प्रथा द्वारा गाई बितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि उपमेयर भुमा पराजुली, वडा नम्बर ९ का अध्यक्ष तथा कार्यक्रमको अध्यक्षतामा चूडामणि रेग्मी, वडा नम्वर ८ का अध्यक्ष ढक बहादुर, गरिब निवारण लघु उद्यमी बाट सलिना बास्के र सहज कर्ता दुर्गा न्यौपाने काे अनुसार नगरपालिका बिगत बर्षदेखि यस्ता कार्यक्रमकाे सुरुवात गरेको र कृषक हरुलाई बुङ्गुर पालन, गाई पालन, वाख्रा पालन, सुँगुर पालन का साथै सिलाई बुनाई लगायत विभिन्न बिषयमा तालिम हरू प्रदान गर्दै उद्यमशील बनाउन लागेका हुन् ।

प्रकाशित मिति: २०२२-०७-२५ , समय : २०:२६:१५ , २ वर्ष अगाडि