विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ ।
सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका असर र त्यसको न्यूनिकरण लागि सचेतना जगाउने उदेश्यले क्लाइमेट समिट २०२२ आयोजना गरिएको हो ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वातावरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ । सोही बमोजिक क्लबले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि द ग्रीम प्रोजेक्टसँग साझेदारी गरेको हो ।
विराटनगरस्थित होटल ह्यारीसनमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत १५० विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको संयोजन रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पूर्वअध्यक्ष सन्तोष जैनले गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्पीकर अभिषेक श्रेष्ठ र तनुजा पाण्डे रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
कार्यक्रममा जलवायु परिवर्तनले पारेका प्रभाव र असर न्युनिकरणमका बारेमा बृहत अन्तरकृया गरिएको क्लबकी सचिव नमिता टिवडेवालले बताइन् । सो अबसरमा क्लबका अन्य पदाधिकारी र सदस्यहरुसमेतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई द ग्रीम प्रोजेक्ट, युडब्लुसी थाइल्याण्ड, रोटरी क्लब अफ विराटनगर डाउनटाउन र नेपाल टेलिकमले प्रायोजन गरेको क्लबकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२२-०८-०१ , समय : १८:५६:५३ , २ वर्ष अगाडि