एसियाली खेलकुद

खार्जीमा पोलियो सम्बन्धी सचेतना कार्यक्रम

विराटनगरको खार्जीमा पोलिया सम्बन्धी सचेतना

रंगेली संवाददाता

विराटनगर ४ कात्तिक । विराटनगरको खार्जीमा पोलिया सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा पोलियो रोगको रोकथाम र उपचार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

नेपाललाई पोलियो मुक्त बनाउने अभियानमा साथ दिन गाउँ खर्जीमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जनाइएको छ । सो अबसरमा क्लबकी चार्टर प्रेसिडेन्ट तथा वरिष्ठ चिकित्सक डा. ममता वर्माले विश्वव्यापी रूपमा पोलियो रोगको अन्त्य गर्न रोटरी क्लबले गर्दै आएका प्रयासको बारेमा बताइन् । उनले पोलियो थोपाको महत्वबारे समेत प्रकाश पारेकी थिइन् ।

सो अबसरमा डा. बर्माकै लेखन र निर्देशनमा स्थानीय भाषामा नाटक प्रस्तुत गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले बताइन् । सो अबसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी, सदस्यहरू विद्यालयका विद्यार्थीहरु गरि करिब १ सय ५० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२२-१०-२१ , समय : ११:३१:२४ , २ वर्ष अगाडि