विराटनगर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।
विपन्न परिवारका महिलाहरुलाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन तालिम प्रदान गरिएको हो । तालिमबाट २० जना स्थानीय महिलाहरु लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
तालिमका लागि सिलाई मेसिन र तालिमको प्रशिक्षण एनएमबि बैंकले प्रायोजन गरेको थियो । तालिममा सहभागी महिलाहरुलाई सिलाई मेशिन र प्रमाणपत्र वितरण गरिएको छ ।
तालिम समापन कार्यक्रमम एनएमबि बैंकका प्रदेश प्रमुख सन्तोष बुढाथोकी, बैंकका प्रवन्धक कुलप्रसाद घिमिरे, वडाध्यक्ष जितेन थापा, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी, सदस्यहरु, आरसीसी सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संयोजक सन्तोष तोदी रहेका थिए ।
प्रकाशित मिति: २०२२-११-२६ , समय : १९:३६:५४ , २ वर्ष अगाडि