विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो ।
सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक एण्ड डेभलोपमेन्ट अन्तर्गत क्लबले सो फर्म हाउसको हेरचाह गर्दै आएका कामदारहरुले कागती फल्न थालेपछि बजारमा बिक्रि गरेर जिविकोपार्जन गर्ने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुशुम अग्रवालले जानकारी दिइन् ।
त्यस्तै क्लबले अति विपन्न एक परिवारलाई गाई समेत वितरण गरेको छ । दुध बेचेर जिविकोपार्जन र परिवार चलाउनका लागि गाई वितरण गरिएको अध्यक्ष अग्रवालले बताइन् ।
प्रकाशित मिति: २०२३-०८-२८ , समय : ००:१९:४८ , १ वर्ष अगाडि