विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व साक्षरता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले दिवसको अवसर पारेर विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो ।
आठ सेप्टेम्बरमा पर्ने विश्व साक्षरता दिवसको अवसरमा सो विद्यलयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच शैक्षिक सामाग्री वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुशुम अग्रवालले जानकारी दिइन् ।
विद्यार्थीहरुलाई पोशाक, ब्याग, स्टेश्नरी, जुत्ता, मोजा, पानिको बोतल, जुश खाजा लगायतका सामाग्री वितरण गरिएको क्लबकी सेक्रेटरी संगीता सिंघानीयाले बताइन् ।
सो अवसरमा यसअघिनै क्लबले विद्यार्थीहरुबिच गराएको हेन्डराइटिंग कम्पिडिसनमा उत्कृष्ट भएका छात्र, छात्राहरुलाई परस्कारसमेत वितरण गरिएको थियो ।
उक्त अवसरमा क्लबकी चार्टर प्रेसिडेन्ड डा. ममताले डेंगु रोगबाट बच्न सकिने उपायकाबारेमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराएकी थिइन् ।
उक्त अबसरमा कार्यक्रम संयोजक रचना राठीले अर्को सातदेखि सो स्थानमा प्रोढ शिक्षा अभियान सञ्चालन गरिनेसमेत जानकारी दिइन् । कार्यक्रममा सो वडाका वडाध्यक्ष काजीबहादुर बस्नेत, रोटरीयन राम अवतार अग्रवाल, क्लबका पास्ट प्रेसिडेन्ट र १० जना सदस्यहरुको उपस्थिती रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२३-०९-११ , समय : १५:२२:५२ , १ वर्ष अगाडि