एसियाली खेलकुद

सुनवर्षी नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

रंगेली संवाददाता

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायक सामाग्री वितरण गरेको हो ।

नगर परिसरमा आयोजित कार्यक्रममा सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, उपप्रमुख मीरादेवी दास, प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा, प्रशासन अधिकृत (सातौँ) लवकुश कटुवालले सहायक सामाग्री वितरण गरेका हुन् ।

नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई हियरिङ्ग एड १५ थान, वाकर ४, वैशाखी २७, सिपी चियर ५, ट्वाइलेट चियर २०, स्ट्यान्डीङ फ्रेम १, एल स्टीक १५, ट्राईसाइकल ९, ह्वाइट केन १५ र रोलेटर चार वटा सहायक सामाग्री वितरण गरिएको सुनवर्षी नगरपालिकाका प्रशासन अधिकृत (सातौँ) लवकुश कटुवालले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-१२-१२ , समय : १९:५४:३८ , १ वर्ष अगाडि