विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर पोखरीयास्थित डन बस्को स्कुलमा विराट नर्सिङ होम प्रा.लि. र विराट इन्टरनेशनश डाइग्नोष्टिक ल्याब प्रा.लिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा जेनेरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन, बाल रोग, नाक, कान घाँटी, हाडजोर्नी रोग विशेषज्ञहरुले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा निःशुल्क इसीजी, अस्ट्रा साउण्ड सुविधा पनि रहेको थियो ।
उक्त शिविरमा आउने विरामीहरुलाई निःशुल्क औषधी वितरण गरिनुका साथै ब्लड सुगर जाँच पनि गरिएको थियो । शिविरबाट स्थानीय ५७० जना लाभान्वित भएको कार्यक्रम संयोजक सन्तोष तोदीले जानकारी दिइन् ।
कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, क्लबकी अध्यक्ष कुसुम अग्रवाल, सेक्रेटरी, पास्ट प्रेसिडेन्ट, लगायत क्लबका २२ जना सदस्यहरुको उपस्थिती रहेको थियो । रहेकी थिइन् ।
शिविर विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।
प्रकाशित मिति: २०२३-१२-२० , समय : २१:१७:०० , १ वर्ष अगाडि