विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न समुदायका २० जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएर मेशिन वितरण गरेको छ । विपन्न परिवारका महिलाहरुलाई शिप सिकाएर स्वरोजगार बनाउदै आर्थिकरुपमा सवल बनाउन तीन महिने सिलाई कटाई तालिम दिएर सिलाई मेशिन समेत वितरण गरेको हो ।
शिप सिकेपछि महिलाहरुले व्यसवायीक रुपमा काम गर्न सकुन भनेर सिलाई मेशिन हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।
सिलाई मेशिन एक कार्यक्रमकाबिच रोटरी क्लब अफ डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रीक्ट गभर्नर राजेन्द्र प्रसाद ढोजुले वितरण गरे । कार्यक्रममा क्लबका एसिस्टेन्ट गभर्नर विजु बैनी श्रेष्ठ, डिस्ट्रीक्ट सेक्रेटरी, एडिसनल सेक्रेटरी, चार्टर प्रेसिडेन्ट डा. ममता वर्मा, पास्ट प्रेसिडेन्ट लगायत क्लबका ३० जना सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२४-०४-१३ , समय : १८:४१:२९ , ८ महिना अगाडि