एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले जित्यो १४ अवार्ड

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले एक दर्जन बढी विभिन्न अवार्ड जितेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ को समतिले एकै पटक १४ वटा अवार्ड जितेको हो ।

आउटस्ट्याण्डीङ क्लब अफ द इयर, बेस्ट क्लब रेजिन ७, आउटस्ट्याण्डीङ सेक्रेटरी अफ दी इयर, बेस्ट प्रेसिडेन्ट रेजिन ७, बेस्ट क्लब सेक्रेटरी, कन्ट्रीबुसन टु पोलियो प्लस, १०० पर्सेन्ट कन्ट्रीबुसन टु द रोटरी फाउण्डेसन, फस्ट रनरअप बेस्ट क्लब सर्भिस प्रोजेक्ट, सेकेन्ड रनरअप पार्टनर इन सर्भिस, फस्ट रनरअप इकोनोमिक एण्ड कम्युनिटी डेभलोपमेन्ट, फस्ट रनरअप मेन्स्चुरल एण्ड चाइल्ड हेल्थ, विनर पिस एण्ड कन्फ्लीक्ट, सेकेन्ड रनरअप एजुकेसन र १०० पर्सेन्ट माई रोटरी अवार्डलगायतका अवार्ड क्लबले जितेको हो ।

सो अवार्ड रोटरी इन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ को अवार्ड समारोहमा वितरण गरिएको हो । सो अवार्ड रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी प्रेसिडेन्ट कुसुम अग्रवाल र सक्रेटरी संगिता सिंघानीयालाई हस्तान्तरण गरिएको थियो ।

रोटरी क्लबले विभिन्न ७ क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य, वातावरणसहित यी सवै क्षेत्रमा गरेको कामको मुल्यांकनका आधारमा यति धेरै अवार्ड जित्न सफल भएको हो ।

प्रकाशित मिति: २०२४-०७-०१ , समय : २१:५१:५४ , ६ महिना अगाडि