विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जना भन्दा बढीलाई खाना खुवाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर सो क्लबले खाना खुवाएको हो ।
उपचारका लागि अस्पताल आएका विरामी, कुरुवा र सेवाग्राहीहरुलाई खाना खुवाइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
सो अवसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त क्लबले निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
प्रकाशित मिति: २०२४-०८-०४ , समय : १०:१४:३७ , ५ महिना अगाडि