एसियाली खेलकुद

बल दिवसको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

रंगेली संवाददाता

विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा २ देखि १४ वर्षसम्मका बालबालिकाहरुले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । विराट नर्सिङ होमको प्राङ्गणमा आयोजित शिविरमा दक्ष तथा अनुभवी बाल रोग तथा नवजात शिशु रोग विशेषज्ञहरु द्वारा स्वास्थ्य जाँच तथा परामर्श सेवा दिइएको थियो ।

त्यस्तै नेत्र रोग, छाला, दन्त, नाँक, कान घाँटी, पोषण तथा आहार र अटिजम सम्वन्धि जाँच तथा परामर्श, शिविरमा परिक्षण गराएका बालबालिकालाई ल्याबमा २५ प्रतिशत सम्म विशेष छुट र शल्यकृया गर्नुपर्ने बालबालिकालाई विशेष छुटको व्यवस्था गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

विहान ९ बजेदेखि साँझा ५ बजेसम्म सञ्चालित शिविरमा करिब ५ सय बालबालिको स्वास्थ्य परिक्षण र परामर्श सेवा दिइएको क्लबले जनाएको छ । शिविरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१५ , समय : २३:३१:५३ , ३ महिना अगाडि