एसियाली खेलकुद

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा सीपी बालबालिकाका अभिभावकहरूलाई सेरेब्रल पाल्सी हुनुको कारण रोकथामका उपायहरु, खोपहरू र पुंसकता जस्ता विषयमा जानकारी दिइएको थियो ।

‘सेरेब्रल पाल्सी’ भएका बालबालिकाहरुलाई दिइने आहार, नियमित चेकअप, उनीहरूको समस्या र कसरी हेरचाह गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । कार्यक्रममा विराट मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ बाल रोग तथा नवजात रोग विशेषज्ञ प्रा. डा. हेम सागर रिमाल प्रमुख वक्ता रहेका थिए ।

कार्यक्रममा ‘प्लाष्टिकलाई नो भनौ’ भन्ने नारा लेखिएको रोटरी क्लबको चिन्ह रहेको जुट झोलाहरू समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

कार्यक्रम पछि सीपी बच्चाहरूलाई विभिन्न खेल सामाग्रीलगायतका सामानहरु रसीपी बालबालिकाका अभिभावकहरूलाई खाजा समेत वितरण गरिएको थियो । सो अवसरमा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : ०१:१३:५५ , ३ महिना अगाडि