एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बखरी आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले खानेपानी, स्वाथ्यर र सरसफाइमा केन्द्रित जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्लबले स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा बखरी स्वास्थ्य चौकीकी सामुदायिक चिकित्सा सहायक सीएमए रुची श्रेष्ठले सहजीकरण गरेकी थिइन् । उनले सरसफाइका राम्रा अभ्यासहरूबारे बताइन । उनले साबुन र पानीले हात धुने सही तरिका पनि सिकाइन् । सो अवसरमा नर्सरी कक्षादेखि ५ सम्मका बालबालिकालाई स्वच्छता किटहरू पनि वितरण गरिएको थियो ।

स्वच्छता किटमा टुथपेस्ट, टुथब्रस, कम्बो, स्याम्पु, कपालको तेल, नेल कटर, एउटा सानो तौलिया र साबुन थियो । कार्यक्रमबाट नर्सरीदेखि ५ कक्षासम्मका १२० बालबालिकाहरू लाभान्वित भएका छन् ।
यस्ता कार्यक्रमहरूले स्वास्थ्य सुधार, रोग कम गर्ने, उपस्थिति बढाउन, विद्यार्थीहरूलाई सशक्तिकरण, सामुदायिक स्वच्छता अभ्यासहरू बढाउन, शिक्षा र पूर्वाधार सुधार मार्फत स्वस्थ व्यक्ति र समुदायहरू बनाउन मद्दत मिल्ने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

 

प्रकाशित मिति: २०२४-१२-०४ , समय : २२:३७:०३ , २ हप्ता अगाडि