विराटनगर । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई खाजा खुवाएको छ । विराट बाहिरा माविमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले खाजा कार्यक्रम आयोजना गरेको हो ।
बालबालिकाहरूलाई पौष्टिक, ताजा पकाइएको खाजा खुवाइएको थियो। साथै, क्लबका सदस्यहरूले खाना तयार पार्न र बाँड्नमा सक्रिय सहभागिता जनाएका थिए। उक्त कार्यक्रमका लागि क्लबकी पूर्व अध्यक्ष किरण कर्णले ९० हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।
कार्यक्रमबाट ३०० बालबालिकाहरू लाभान्वित भएका छन् । यो कार्यक्रमले आधारभूत पोषण सम्बन्धी आवश्यकताहरू पूरा गर्नुका साथै स्वागतयोग्य, समावेशी र सर्वाङ्गीण सिकाइ वातावरणलाई प्रवर्द्धन गरेको क्लबकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
उनका अनुसार कार्यक्रमले बालबालिकाहरूको शारीरिक, भावनात्मक र सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ भने उनीहरूको आत्म–सम्मान र सामुदायिक भावना थप सुदृढ भएको छ।
प्रकाशित मिति: २०२४-१२-१६ , समय : २३:३७:०० , २ हप्ता अगाडि