विराटनगर/मकर संक्रान्तिको विशेष अवसरमा बखरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सो विद्यालयका ११५ जना विद्यार्थीहरुलाई कठ्यांग्रीदो जाडोबाट बच्न न्यानो कपडा ट्र्याकसुट वितरण गरेको हो ।
विद्यालयका प्रधानाध्यापकको अनुरोधमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले यो विशेष कार्यक्रम आयोजना गरेको हो । रोटरीयन सन्तोष तोदी, पुनम नरेश राठी र रोटरीयन पुनम रमेश राठी सक्रिय सहभागितामा ट्र्याकसुट वितरण गरिएको हो ।
विद्यार्थीहरूले न्यानो ट्र्याकसुट पाउँदा अत्यन्त खुशी भएका थिए । यो कार्यक्रमले जाडोमा बालबालिकाहरूलाई राहत दिन र उनीहरूको स्वास्थ्यलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आगामी दिनहरूमा यस्तै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति: २०२५-०१-२९ , समय : २२:०४:५६ , ७ दिन अगाडि