विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउले महिला र ालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर दुर्गा चोकस्थित श्री फोक्नी माध्यमिक विद्यालयमा विराट नर्सिङ होम र हरी सत्संग समिति नेपालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा चार जना विशेषज्ञ चिकित्सक, छ जना प्यारामेडिक्स तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरबाट जसमा १३० जना बालबालिका र ७० जना महिला लाभान्वित भएको रोटरी क्लब अफ विराटनग डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२५-०२-०३ , समय : २२:५४:५३ , २ दिन अगाडि