विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जी विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले क्यारम्बोर्ड, ब्यान्डमिन्टन, फुटबल, स्किपिङ, लुडो लगायतका खेलकुद सामग्रीहरू वितरण गरेको हो ।
विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक भएकाले सामग्रीहरू वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिएन् ।
सो अवसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालयलाई खेलकुद सामग्री प्रदान गर्न पाउँदा सबैले खुशी व्यक्त गरे।
कार्यक्रममा बोल्दै वक्ताहरूले खेलकुदको महत्त्वलाई जोड दिँदै भने,“खेलकुद केवल मनोरञ्जनका लागि मात्र नभई विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास, टीमवर्क तथा स्वस्थ जीवनशैलीको लागि पनि महत्त्वपूर्ण छ।” यसरी उपलब्ध गराइएका सामग्रीहरूले विद्यार्थीहरूलाई खेलमा संलग्न हुन प्रेरित गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको अध्यक्ष अग्रवालले बताइन् ।
विद्यालय परिवारले खेलकुद सामग्री उपलब्ध गराउने सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, आगामी दिनमा पनि विद्यार्थीहरूलाई विभिन्न सिर्जनात्मक गतिविधिमा संलग्न गराइरहने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रकाशित मिति: २०२५-०२-०५ , समय : ००:४१:२१ , १२ घन्टा अगाडि