
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । क्लबले तीन महिने तालिम पूरा गरेका सबै १२ प्रशिक्षार्थीहरूलाई सिलाई मेसिन वितरण गरेको हो ।
एक विषेश कार्यक्रमकाबिच सिलाई मेसिन वितरण गरिएको हो । सो अवसरमा रोटरी लोगो भएको जुटको झोला पनि वितरण गरिएको थियो ।
प्रशिक्षक प्रभा कोइरालालाई व्यावसायिक उत्कृष्टता पुरस्कार पनि प्रदान गरिएको क्लबकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् । आदर्श माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२५-०४-०९ , समय : २२:२७:३८ , ३ दिन अगाडि