
विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका झोला वितरण गरिएको हो ।
त्यस्तै गत १७ अप्रिलमा बुद्धनगर गाउँका महिलाहरूलाई ६० वटा झोला वितरण गरिएको छ । झोलामा एकातिर रोटरी क्लब अफ विराटनगर डाउनटाउनको लोगो र अर्कोतिर “प्लास्टिक झोलालाई होइन भनौँ” भन्ने शब्द लेखिएको थियो । जम्मा ८० जनालाई सो झोला वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
जूटका झोला वितरण प्लास्टिकजन्य फोहर घटाउनमा मद्दत पुग्ने क्लबले विश्वास लिएको छ । झोला वितरण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२५-०४-१९ , समय : २३:१८:१४ , २ दिन अगाडि