
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन सय विरुवा रोपेको छ । क्लबले हालसम्म विभिन्न स्थानहरुमा तीन सय बढी विरुवाहरू रोपिसकेको हो ।
सो अभियान अन्तर्गत क्लबले शनिबार दोस्रो चरणको वृक्षारोपण शिव अधारभूत विद्यालय बेलगाछी, सविता अग्रवाल न्यूरोलोजिकल पुनस्र्थापना केन्द्र (इखरी गाउँ) र बुद्धनगर गाउँमा सम्पन्न गरेको हो ।
क्लबले मुनाल पथको सडक छेउमा पनि वृक्षारोपण गरेको छ । जुन परुल क्षेत्रीको “ग्रीन विराटनगर मूभमेन्ट” सँगको सहकार्यमा गरिएको हो। क्लबले १ हजार विरुवा रोप्ने लक्ष्य राखेको छ । सो लक्ष्य मे र जुन महिनामा पूरा गर्ने अध्यक्ष मञ्जु अग्रवालले बताइन् ।
विरुवाहरू वर्षौंपछि ठूला रुखमा परिणत हुनेछन् । जसले फलफूल, छायाँ, आश्रय प्रदान गर्नुका साथै वातावरणमा हरियाली र ताजगी ल्याउनेछ। स्थानीयले यसबाट लाभ लिनेछन् ।
प्रकाशित मिति: २०२५-०४-१९ , समय : २३:२९:३१ , २ दिन अगाडि