एसियाली खेलकुद

रंगेली नगरपालिकाको बजेट सार्वजनिक ८८ करोड ८९ लाख ४४ हजार ७ सय ७८ रुपैया निती तथा कार्यक्रम सार्वजनिक ।

छत्र राजवंशी

रंगेली/ रंगेली नगरपालिकाको छैठौ सभामा आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ।
नगरपालिक का प्रमुख दिलीप बगडियाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका हुन्।


नगरप्रमुख बगडियाले नीति कार्यक्रमा रंगेली लाई आगामी ५ वर्ष भित्र समृद्ध रंगेली सुखी नगरवासीको रूपमा रूपान्तरण गर्ने उल्लेख गर्दै संपूर्ण विद्यालय लाई लैगिङ्क मैत्री, बालमैत्री, प्रविधि मैत्री र अपाङ्गता मैत्री शैछिक तथा भौतिक पहुंच युक्त वातावरण बनाउन आवश्यक सहकार्य गरिने बताए।

नीति कार्यक्रममा नगरपालिका भित्र रहेका मठ मन्दिर, मस्जिद, चर्च, गुम्बा जस्ता धार्मिक संस्था हरुको उचित संरक्षण र सम्बर्द्धन गरिने उलेख छ।
सडक डिभिजन कर्यालय विराटनगर बाट रंगेली र कनिपोकरी जोड्ने गेउरिया खोला मा पुल निर्माण ठेक्का आहवान भै छैठो वर्ष सम्म पनि सम्पन्न हुन नसक्दा दुर्घटना तथा मानवीय क्षति समेत बढेकोले उक्त पुलको अधुरो कार्य दुई वडा पालिकाको साझेदारीमा सम्पन् गरिने।

शान्ति सुरक्षाको हकमा सडक दुर्घटना,चोरी तथा दुर्घटना गराई फरार हुने जस्ता समस्या समाधान गर्ने सिसिटिभी केमेरा जडान गर्ने ।रंगेली वार्ड नं ७ मा स्थित दुगा मन्दिर अगाडि रहेका सटर हरू नियमानुसार हटाई सो स्थानमा पार्क निर्माण गरिने।नगर भित्र करिब ४० किलोमिटर सडक ३वर्ष मा कालो पत्रे गरिने।बालबालिका हरुको पढाइ मा प्रोत्साहन दिन कक्षा ८ को परीक्षा मा उतिर्ण भएका सामुदायीक विद्यालयका छात्रा हरू लाई साइकिल वितरण गर्ने। कुकुरको बन्ध्याकरण गरी सडकमा छाड़ा कुकुरको ब्यवस्थापन गर्ने।

कृषक हरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन कृषि बाजार निर्माण गर्ने । ९० वर्ष माथिका जेष्ठ नागरिक लाई घरदैलो स्वास्थ्य सेवा दिने। लागु औषध बढ्दो समस्यालाई निराकरण गर्ने।प्रतेक वडा को खुला चोक मा खुल्ला व्यायाम साला स्थापना गर्ने।

रंगेली अस्पताल मा बीमा कार्यक्रम मार्फत सुलभ र स्तरीय उपचार गरिने।सुत्केरी हरुका लागि स्वास्थ्य संस्था हरू बाट निःशुल्क आयरन चक्की तथा क्यालसियम को ब्यावथा गरीने।रंगेली अस्पताल को इमरजेंसी सेवा मा २४ सै घण्टा डाक्टर खटिने।नीति कार्यक्रम मा सहकारी नीति ,वन वातावरण संरक्षण, सरसफाई तथा विपद् व्यवस्थापन नीति, उपभोग्ता हित संरक्षण सम्बन्धी नीति मा समेत जोड दिएको छ ।

प्रकाशित मिति: २०२२-०६-२५ , समय : ०७:४९:५२ , ३ वर्ष अगाडि