एसियाली खेलकुद

खेलाडीलाई दैनिक २ हजार भत्ता: नवौं राष्ट्रिय खेलकुद

छत्र राजवंशी

रंगेली श्रावण ७ शनिबार ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । गण्डकी प्रदेशमा आयोजना हुने खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

२०७६ सालमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदमा खेलाडीले दैनिक १४ सय रुपैयाँ भत्ता पाएका थिए । गण्डकीमा हुने नवौं राष्ट्रिय खेलकुदमा खेलाडीले खानपिन र बसोबासका लागि २ हजार रुपैयाँ भत्ता पाउने भएका हुन् ।
सरकारले तयार गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिकामा खेलाडी भत्ताको विषय उल्लेख गरेको छैन । निर्देशिकाको आर्थिक व्यवस्थापनमा परिषदले प्रतियोगितामा सहभागी हुने अफिसियल, खेलाडी, कर्मचारी, विज्ञ, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक र निर्णायकहरुलाई अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिम पारिश्रमिक, भत्ता एवं अन्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

कार्यकारी समितिका सदस्य सचिव पौडेलले नवौं राष्ट्रिय खेलकुदमा करिब ७ हजार १ सय ९० खेलाडी, १२ सय प्रशिक्षक र हजार जना रेफ्री सहभागी हुने बताए ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुदैछ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक गैर आवसीय नेपाली संघ –एनआरएनए को टिम सहभागी हुनेछन् ।

 

प्रकाशित मिति: २०२२-०७-२३ , समय : ११:२२:२५ , ३ वर्ष अगाडि