विराटनगर, २९ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग बाल दिवस मनाएको छ । विराटनगर खर्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूसँग दिवस मनाएको हो ।
सो अवसरमा विद्यार्थीहरुलाई मनोरञ्जनसँगै नैतिकवान बनाउन पञ्चतन्त्र कथाहरूमा आधारित प्रेरणादायी चलचित्रसमेत देखाइएको थियो । विद्यार्थीहरूमा नैतिक मूल्यहरू जगाउनको उक्त चलचित्र देखाइएको क्लबले जनाएको छ ।
बलबालिकाहरुलाई सानैदेखि सही कुराहरू सिकाउने र संस्कारी व्यक्ति बन्न सकुन भनेर सो कार्यक्रमको आयोजना गरिएको थियो ।सो अवसरमा बालबालिकाहरुको मनोरञ्जनका लागि रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी सदस्य तथा कोरियोग्राफर निधि राठीले सबै विद्यार्थीहरूलाई नृत्य गराइन् ।
सो कार्यक्रम बालबालिकाहरुले निकै रमाइलोसँग अविस्मरणीय क्षणका रुपमा मनाएको क्लबकी अध्यक्ष रेखा राठीले बताइन् ।सो अवसरमा सबै विद्यार्थीहरूलाई खाजा बाकस, टफी, वाइफाइ, खेलौनासमेत वितरण गरिएको थियो ।
यस्तो कार्यक्रम सो विद्यालयमा पहिलो पटक भएको जनाइएको छ ।उक्त कार्यक्रमको संयोजक मुक्ता तोदी रहेकी थिइन् ।
प्रकाशित मिति: २०२२-०९-१४ , समय : १७:३१:१३ , २ वर्ष अगाडि