विराटनगर, ८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको नि:शुल्क आँखा जाँच तथा मोतीयाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आयोजना गरेको शिविर सम्पन्न भएको हो ।
विराटनगरस्थित मानवसेवा आश्रम तिनटोलियामा आयोजना गरिएको शिविरमा सबैको नि:शुल्क आँखा जाँच मात्रै नभएर आवश्यक परेकालाई नि:शुल्क चश्मा समेत उपलब्ध गराइएको थियो । आवश्यक पर्नेलाई निशुल्क औषधि समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।
सो अवसरमा मानवसेवा आश्रमका सबैलाई खाजा समेत खुवाइएको थियो । यस परियोजनाबाट आश्रमका कर्मचारीहरूसहित ८५ जना लाभान्तिव भएका छन् । त्यस्तै शिविरमा १७ जनामा मोतियाविन्दुको समस्या देखा परेको र उनीहरुको सवै उपचार नि:शुल्क गरिने अध्यक्ष राठीले बताइन् । उक्त कार्यक्रमको संयोजक सरिता गोल्छा रहेकी थिइन् ।
प्रकाशित मिति: २०२३-०३-२२ , समय : २०:१७:०४ , २ वर्ष अगाडि