एसियाली खेलकुद

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ ।

क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब, महेश्वरी महिला मञ्च र अन्य समाजको सदस्यको लागि आफ्नो रोटरी गाइडलाइनमा  पीस र कनफ्लिक्ट रेजोल्यूशन अन्तर्गत मानिसहरूको मानसिक शांति र जीवन शैली परिवर्तन को लागि एक सेशन आयोजन गरेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।

जोधपुर बाट मैत्रेई र मुम्बईदेखि माँ सरस्वतीका साथ–साथ मां पूर्णिमा र उनको  १० जनाको टोली ले मिलेर यो सेसन सञ्चालन गरेका थिए । साथ–साथै ऊर्जाले भरपूर अदृष्य खाजा पनि त्यहाँ उपस्थितसबै ५५ जना सहभागीहरूलाई ग्रहण गराइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-०८-२५ , समय : १०:३१:५२ , १ वर्ष अगाडि