एसियाली खेलकुद

सामाजिक सञ्जालमा गुनासो आएपछि युवा संघ सुनवर्षीले परिवर्तन गर्यो डायनीयाको नाम

रंगेली संवाददाता

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत सडकमा डायनीयाँ चोकको नाम गलत रहेको भन्दै सामाजिक सञ्जालमा धेरैले गुनासो गरेपछि राष्ट्रिय युवा संघ सुनवर्षीले नाम परिवर्तन गरिदिएको छ ।

बोलीचालीको भाषामा र सवैले भन्ने नाम डाईनीया हुनुपर्नेमा सडकमा राखिएको बोर्डमा डायनिया भएको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना हुँदै आएको थियो ।

यसैलाई मध्यनजर गरेर युवा संघले बोलीचालीकै भाषामा डाईनिया नाम लेखिएको अध्यक्ष नारायण पाठकले बताए ।

सामाजिक सञ्जालमा पटक पटक गुनासो आएपछि युवा संघ नगर कमिटीको अगुवाइमा डायनिया लेखिएको सच्याएर डाईनिया बनाइएको सचिव भूपेन्द्र कटुवालले बताए ।

 

प्रकाशित मिति: २०२४-०८-०२ , समय : २२:१२:१२ , ५ महिना अगाडि