विराटनगर । रोटरी क्लब आफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १२ स्थित बखरी आधारभूत विद्यालयमा विराट नर्सिङ होमसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
चार जना चिकित्सक र पाँच जना सहियोगी कर्मचारीसहित ९ जनाको टोलीले शिविरमा स्वास्थ्य परिक्षण गरेको हो ।
टोलीले विद्यालयका २५० जना बालबालिका र बख्री गाउँका महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । सो अवसरमा महिलाहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२४-१२-०४ , समय : २२:५२:३५ , २ हप्ता अगाडि