एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

Rangeli News

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ ।

रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग थियो ।

क्लबले परियोजनालाई प्रस्ताव, व्यवस्थापन, र अनुगमन गरेको हो। यो परियोजनाका लागि २ लाख ५० हजार काठमाडौं राजधानी लायन्स क्लबले सहयोग गरेको थियो। रोटरीले ६ हजार २ सय व्यहोरेको थियो ।

शौचालय ब्लकको निर्माणबाट विद्यालयका २ सब छात्रा लाभान्वित हुनेछन् । विद्यालयमा छात्राहरूका लागि शौचालयको निर्माणले आधारभूत सरसफाइ मात्र नभई स्वास्थ्य, लैंगिक समानता, शैक्षिक नतिजा र दीर्घकालीन सामाजिक तथा आर्थिक विकासमा पनि योगदान पुर्याउँछ ।

यसले किशोरीहरूलाई सशक्त बनाउँदै उनीहरूको सुरक्षा र गरिमालाई सुनिश्चित गर्न भविष्यमा कार्यक्रम संचालन गर्ने अध्यक्ष मञ्जु अग्रवालले बताइन ।

 

प्रकाशित मिति: २०२४-१२-१६ , समय : २३:१६:५९ , ५ दिन अगाडि