विराटनगरको सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध समेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समाजमा शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि सो स्कूलमा लागू पदार्थ दुरुपयोग सम्बन्धी एक कार्यशाला आयोजना गरेको हो ।
कार्यक्रममा मनोसामाजिक परामर्शदाता तथा पूर्व अध्यक्ष सन्तोष जैन स्रोत व्यक्ति रहेका थिए । कार्यक्रममा विद्यार्थीहरूलाई लागू पदार्थ दुरुपयोग भनेको लागू पदार्थ, मदिरा वा अन्य नशालु वस्तुको प्रयोग स्वास्थ्य र समाजका लागि हानिकारक भएको बताइएको थियो । लागु पदार्थको प्रयोगले व्यक्तिको सामाजिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पु¥याउँने र यस प्रकारका समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा जानकारी गराइएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्षन मञ्जु अग्रवालले जानकारी दिइन् ।
कार्यक्रममा कक्षा ९ र १० का २ सय भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो लागू पदार्थ दुरुपयोग सम्बन्धी कार्यशालाले विद्यार्थीहरूलाई जोखिम बुझ्न, दुरुपयोग रोक्न, कलङ्क हटाउन, राम्रो निर्णय गर्न, सिकाइ सुधार्न, सामुदायिक सहयोग निर्माण गर्न, सुरक्षित र स्वस्थ वातावरण सिर्जना गर्न सहयोग पु¥याउँने अध्यक्ष अग्रवालले बताइन् ।
प्रकाशित मिति: २०२५-०१-२९ , समय : २२:०९:२२ , ७ दिन अगाडि