बढ्दो जाडोबाट बच्न विराटनगरको श्रीकृष्ण गौ सेवा सदनमा म्याट वितरण गरिएको छ । जतुवास्थित श्रीकृष्ण गौ सेवा सदन जतुवा र पंचाली मन्दिर गौशालामा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ११५ गाईलाई पुग्नेगरी म्याट वितरण गरेको हो ।
गौशाला व्यवस्थापन समितिले चिसो मौसमका कारण आवश्यक न्यानो सामग्रीको कमी भएको जानकारी गराएपछि क्लबले यो सहयोगको पहल गरेको अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२५-०१-२९ , समय : २२:१७:०५ , ७ दिन अगाडि