
विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम विराट मेडिकल टिचिङ कलेज तथा अस्पतालका डाक्टरहरूको चिकित्सा सहयोगमा सम्पन्न गरिएको थियो । रोटार्याक्ट क्लबहरूले पनि यस कार्यक्रममा स्वयंसेवा गरे । कार्यक्रम विराटनगरको सेन्ट्रल मल अगाडि आयोजना गरिएको थियो।
यो कार्यक्रम स्वैच्छिक रक्तदानलाई प्रोत्साहित गर्दै स्थानीय ब्लड बैंकलाई सहयोग गर्ने उद्देश्यले गरिएको थियो। ५३ हजार रुपैयाँ खर्च भएको सो कार्यक्रममा रक्तदाताहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। रक्तदान गर्नेहरुलाई हर्लिक्स, ग्लुकोन डी, क्याडबरी, कुकीहरू, कप, फलफूल, र प्रमाणपत्र वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।
प्रकाशित मिति: २०२५-०३-१० , समय : १०:५५:१४ , २ दिन अगाडि