एसियाली खेलकुद

रोटरी डाउनटाउनद्वारा विभिन्न ७ स्थानमा ट्युबेल वितरण

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विभिन्न स्थानमा ट्युबेल वितरण गरेको छ । आवश्यकता अनुसार ७ ओटा ट्युबवेलहरू जडान गरिएको क्लबले जनाएको छ ।

जसमध्ये ४ ओटा ट्युबवेल जहदा गाउँपालिकास्थित बुधनगर गाउँमा, एउटा गायत्री संस्कृत विद्यालयमा, अर्को सबिता अग्रवाल बालबालिका स्नायविक पुनस्र्थापना केन्द्रमा र एउटा कठारी क्षेत्रको एक जना विपन्न परिवारको घरमा ट्युबेल क्लबले सहयोग गरेको हो ।

ट्युबेलबाट २०० जना, गायत्री संस्कृत विद्यालयका ४०० विद्यार्थी र शिक्षक, पुनस्र्थापना केन्द्रका १४ जना बालबालिका र ५ जना स्टाफ तथा एक विपन्न परिवारका ५ जना गरी जम्मा ६२४ जना लाभान्वित भएका छन् ।

प्रकाशित मिति: २०२५-०४-१८ , समय : २२:०८:२७ , २४ घन्टा अगाडि